Tuesday 27 October 2009

गीत

आकाशको तिमी जुन ताराधर्तीको तिमी मोती,सारा संसार देखाउनेतिमी मेरो ज्योति !
चैत मासको बिरुवा मतिमी धारापानी,दुनियालाई चिनाउनेतिमी मेरो आखा नानी !!
चौतारीको यात्री हुँ मतिमी पीपलभरसुकुम्बासी हु म संसारकोतिमी मेरो घर !
उम्रिन लागे बिरुवा मतिमी मेरो जराअनाथ हुँ म सबैकोतिमी मेरो घर ........तिमी मेरो घर....!!!!!
राजेश रुम्बा लामादोहा कतार

कहिले आक्रोस कहिले प्रेम

केही दिन अघिको साँझ म अफिसबाट आएर बरण्डामा आराम गर्दै थिएँ । "आज किन ढिला नि ?" श्रीमतीज्यूले मेरो लागि चिया लिएर आउदा आउदै बाटैदेखि म ढिला हुनुको स्पष्टिकरण माग्दै आइन्, "तपाईको आज भोलि मति विग्रिएको जस्तो छ ?"
यो सुन्ना साथ एक्कासी मेरो आँखा उनको अनुहारमा ठोकिन पुग्यो । उनको अनुहारमा आक्रोशले भरिएको थियो । उनको अनुहारमा हेरिरहे र सोचे “आज भोलि समय ठिक छैन, साँझ ढिलासम्म वाहिर नबस्नु भनेकी भए कति राम्रो हुन्थ्यो, तर फरक किसिमले भनिन् । मैले उनको भनाइको जवाफ दिन उचित ठानिन ।
"सुन त आज पनि गायत्री लोग्नेलाई कराउदै छिन् । भिमसेनले पिएर आए जस्तो छ ।" मैले कुरालाई अन्यत्र मोड्न खोजे । "लोग्ने मान्छेहरु को मात्र गतिला छन् र ? आफ्ना श्रीमतीलाई दुख दिन जानेका त हुन्छन् नि ।" मेरी श्रीमतीले यसै निहुमा मलाई समेत मुछेर भनिन् ।
"तिम्रो श्रीमानलाई अरुसँग दाँज्न मिल्दैन । मैलै यसरी कहिल्यै पनि पिएर आएको छैन।" मैले आफ्नो निर्दोषिताको स्पष्टिकरण दिएँ ।
हुन त पिएकै निहुमा झगडा नभए पनि यस्ता सामान्य झगडा त मेरो पनि प्राय झै भइरहेकै हुन्थ्यो । झगडामा एकले अर्कोलाई भनेका कुराहरुलाई त्यती हेक्का राखिदैन र वास्ता गरिदैन र मात्र हो, झगडा त कति पटक पर्यो पर्यो । चियाको तातो चुस्कीसँगै विगतका झगडाहरु सम्झन्छु । छोरा–छोरीको स्कूलबाट वाइट बिल पठाएको रहेछ। "लिनुस्!" श्रीमतीज्यू भित्रबाट हातमा बिल देखाउदै फेरि मेरो नजिक आइन् ।
मलाई चियाले मात लागे जस्तो हुन्छ, शरीरका अङ्गहङ्गमा रीसका आवेगहरु सलवलाउन थाल्छ । म सम्हालिन खोज्छु, । तर सक्तिन । "स्कूलको फिस त अस्ति मात्र तिरेको होइन र ? फेरि यो कुन महिनाको बिल ल्याएको ?" मेरो मुखबाट एक्कसी प्रश्नहरु खनिन थाल्छ । बिल शव्दसुन्यो कि कराउन थाल्छ ।
"यो बिल शव्दसंग नै एलर्जी भएको छ कि के हो तपाइको ?" श्रीमतीज्यू झन ठूलो स्वरमा कराउदै बिल नदिइ भित्र जान्छे ।
महिनामा कति मात्र बिल आउछ ? छोरा–छोरीको स्कूलको विल्, छोराको औषधिको बिल, पानीको बिल, बत्तीको बिल, टेलिफोनको बिल र राशनको बिल । अझ पत्रपत्रिका, केवल र इन्टरनेटको बिल त बाँकी नै छ । यी बिलहरु फेरि कति छिटो छिटो आएर सताउछन् वा ? बिल शव्द सुन्नै वाक्क लाग्न थालि सक्यो । आफ्नो तलव भने महिनाको अन्तमा वल्लतल्ल एक पटक लिइन्छ । त्यसमा पनि कहिले वाढी पिढितलाई चन्दा कटाएको हुन्छ, कहिले भूकम्प पिडित र द्धन्द पिडितलाई त कहिले विभिन्न चिट्टाहरुमा कटाउने गर्छन् । त्यस माथि नागरिक लगानी कोषमा नकटाए आयकर लाग्छ रे । सवै तिर कटाएर पाएको रकमले कतिवटा मात्र बिलको भुक्तानी गर्नु ? पाएको तलव चालु बिलको भुक्तानी तिर्नै पुग्दैन । मीठो खानु, राम्रो लगाउनु र अरु मनोरन्जन गर्ने इच्छाहरु त सधै पेन्डिङ्गमा रहने गर्दछ । म आफ्नो मासिक आय व्ययको विवरण सम्झदै टोहोलाई रहन्छु । श्रीमतीज्यूले धन्य पुर्याएकी छिन् । उनको मितव्ययीता देखेर दया पनि लाग्छ । तर यसरी दया देखाइयो भने झन खर्चालु हुन्छिन् । त्यसको बढ्दो भार आफैंले बोक्नु पर्ने हुन्छ, त्यसैले समय समयमा नियोजित रुपमा कराउनै पर्छ । मनमनै झगडा गर्नै पर्ने वाध्यता पनि सम्झन्छु ।
मेरो श्रीमतीज्यू पनि प्राइभेट अफिसमा काम गर्न थालेकि छिन् । दुवैको कमाइले अव चाही घर चलाउन केही सजिलो हुन्छ हगि ? मैले उनी समक्ष आशा र सुशीको कुरा राखें । घर खर्च चलाउने जिम्मा त लाग्ने मान्छेको हो । मेरोे तलव चलाउन पाइदैन । जुनसुकै काममा महिला सहभागीताको कुरा गर्छन्, घर खर्च चलाउने काममा महिलाहरु सहभागी हुन किन मिल्दैन ? मैले कडा प्रतिवाद गरे । मेरो भनाइप्रति कडा रुपले असहमति जनाइन् । मैले धेरै वोल्न चाहिन ।
सवै घर व्यवहार उनैले हेर्ने गर्छिन् । म त्यसको कुनै वास्तै गर्दिन थिएं । जव जव घाटा वजेट चलाउनु पर्ने अवस्था आउछ तव उनले मलाई खर्च विवरण देखाउने गर्छिन् । यसबाट वजारमा महङ्गी बढेको अनुमान गर्न सकिन्थ्यो । होइन वचत हुँदा मलाई वास्तै नगर्ने अनि खर्च नपुगेपछि मात्र किन देखाउछौं ? म उनलाई प्रश्नगर्थें । मेरो प्रश्न गराइबाट उनी आक्रोशित हुन्थिन् । मेरो पनि तलव वाहेक थप आम्दानी छैन । जसरी पनि पुर्याउनै पर्छ । आफ्नो निरिह्यता सहितको वास्तविकता देखाए पनि उनी गुनगुनाइ रहन्थिन्् ।
कति नै अफिसर भनेर विवाह गरियो । खान लाउन सधैको धौ धौ । जीवनका आधारभूत कुराहरुमै नपुग्ने गरी कसरी निर्वाह गर्नु ? बरु तरकारी पसलेसंग विवाह गरेकि भए यस्तो समस्या त भोग्नु पर्दैनथ्यो होला ? उनी मलाई सुनाउने हिसावले गुनगुनाउदै थिइन् । उनको भनाईमा गडिदो चित्त दुखाइको भाव बुझिन्थ्यो । तरकारी पसलेसगै विवाह गरेकीले त हो नि गायत्रीले सधै जड्याहा लोग्नेको कुटाइ खानु परेकि ?अहिले सम्म तिमीले एक थप्पड पिटाई खानु परेको छैनौ नि । अप्रत्यक्ष रुपले फुलाउदै उनको नजिक जान्छु । खोइ पर जानस्, उनी मलाई धकेन्दै भान्छामा जान्छिन् । खाना खान वोलाएकि हो र ? म उनीसंग वोल्ने बहाना खोज्छु । पाक्दै छ । ग्यास सकिन लागे जस्तो छ, आज ग्यास राम्ररी वलेको छैन । म पुन वरण्डामै पर्किन्छु ।
अलिक हलुका अनुभव के गरेको थिएं, फेरी ग्यासले टेन्सन थपिदियो । अरु कुरा त पैसा भए सजिलै पाइन्छ तर यो ग्यास पैसा भए पनि पाइदैन । सधै लिने गरेको ठाँउमा कहिल्यै छ भन्दैन । अरु ठाँउमा बढी मुल्य नतिरे पाइदैन । यो कस्तो वजार व्यवस्था हो ? वाक्कै लाग्छ । सरकारले पनि वास्तै गर्दैन । हुन त म पनि सरकारी कर्मचारी नै हुँ । त्यसमाथि पनि अधिकृत । म एक जनाले वोलेर के नै हुन्छ र ? यँहा नारा जुलुस्, चक्का जाम र तोडफोड् गरेपछि मात्र सुनुवाई हुने चलन छ । पिडितको सामाजिक हैसियत हेरेर घटनाको सुनुवाइ हुने गर्दछ । सामान्य व्यक्तिको गुनासो कसैले सुन्दैन ? पिडित सधै मर्कामा परेको पर्यै हुन्छ । मेरो नैराश्यताका सिमाहरु झनै फराकिलो हुदै जान्छ । म यस्तै निराशाजनक सोचाइमा डुविरहेको हुन्छु , ल जाँऊ , खाना तयार भयो । श्रीमतीले खाना खान वोलाउछिन् । म भान्छामा जान्छु ।
उनले गरेकि सम्वोधन प्रति मेरो ध्यान आकृष्ट हुन्छ । उनको यो सम्वोधन गराइ समय समयमा परिवर्तन हुदै आइरहेकोछ । यस सम्वोधन गराइले उनको खुसीपनको मापन गर्ने गर्दछ ।
छोरा छोरी नँहुदा हाम्रो आम्दानीले घर धान्न राम्रो पुग्थ्यो । त्यतीखेर उनले “हजुर“ शव्दले सम्वोधन गर्नेगर्थिन । यो सुन्दा मलाई कता कता आनन्द लाग्दथ्यो । र भन्थे विवाह गर्दा पढेलेखेकि युवतीसंग नै गर्नु पर्नेरहेछ । यो सम्वोधन छोरा नजन्मिएसम्म कायम रह्यो । छोरा जन्मिए पछि परिवर्तनको लक्षणहरुदेखिन थाल्यो । छोरा हुर्काउनै कठिन । सधै झै विरामी परिरहने । औषधी उपचारमा खर्च वढ्न थाल्यो । यसको असर अन्यत्र पनि पर्न थाल्यो । फलस्वरुप उनले सम्वोधनमा “तपाई“ शव्द प्रयोग गर्न थालिन् । उनले पनि काम गर्न थालेदेखि “तिमी“ शव्दले सम्वोधन गर्नथालिन् । मैले यसलाई वाहिरी वातावरणको प्रभाव वा घनिष्ठ आत्मियताको रुपमा लिने गरेको थिए । म भित्र बाध्यता वा एक किसिमको कमजोरीले आश्रय लिन थालेको थियो । छोरा छोरी दुवै स्कूल जान थालेदेखि खर्च वढेको छ । म प्रति घर परिवारको जिम्मेवारी र अपेक्षा वढेको छ । वजार भाउ वढेको छ । विविध कारणले हिसाव विवरण झनै चौपट वन्दै गएको छ । अहिले उनले पनि छोराको “वाउ“ वा “ए“ भनेर वोलाउने गर्छिन ।
अव त श्रीमतीज्यूको सम्वोधनलाई त्यति ध्यान दिन छाडिसके । त्यो भन्दा ठुलो पिडा अर्कै छ, त्यो हो हामी वीचको सम्वन्धलाई कसरी स्थायित्व दिने ?
महिनाको दुई हप्ता हामी वीच राम्रो सम्वन्ध रहन्छ । जव तेश्रो र चौथो हप्तामा प्रवेश गर्न थाल्दछ अनि स्कूलबाट ह्वाइट बिल, पानी, बत्ती र टेलिफोनको बिल आउन थाल्दछ । त्यसपछि घरको रौनक अर्कै हुन्छ जुन मासिक तालीकाको रुपमा हुने गर्दछ ।
एक दिन अफिसबाट घर आएपछि सदा झै म चिया पिएर वसिरहेको थिएं । एक जना कलेजको साथीकि श्रीमती आइन् । उनी नव दुलही झै झपक्कै सिगारिएकि थिइन् । कान, गला र हातका नाडिमा गहनाको प्रदर्शन त्यस माथि बहुमुल्य साडी, चोलो, जुत्ता र व्याग । यसले उनको श्रीमान्को आम्दानीको स्तर देखाउथ्यो । श्रीमतीज्यूको मात्र होइन उनको लवाइ प्रति मेरो पनि ध्यान गयो । अहिले उहाँ कहा हुनुहुन्छ ? मैले सोधे, बीरगंज भसांरमा हुनुहुन्छ । मेरो प्रश्न भुइमा खस्न नपाउदैन उनले भसांरमा हुनुलाई गर्व मानेर हतारले सुनाइन् । उनको सजावट देखेर मेरी श्रीमतीज्यू आफूलाई हिनतावोध मान्दै थिइन् अनि मलाई नामर्द लोग्ने । उनको हेराइ र घुराइबाट यही झल्किन्थ्यो ।
"तपाईहरु सँगै जागिर खाएको भन्नु भएको होइन ?" श्रीमतीज्यूले सोधिन् ।
हामी वीचको आयस्तरमा किन यति ठूलो फरक ? मेरी श्रीमतीज्यूको सोधाइमा यही व्यङ्गात्मक भाव लुकेको अनुमान लगाए ।
"हो, हामीले सगैं जागिर खाएका हौं ।" उनको सोधाइको सहज जवाफ दिए ।
जव उनी बिदा भएर गइन् श्रीमतीज्यूले अघि मैले गरेका अनुमानहरुलाई सिधै सोधिन् । तपाई पनि त्यस्तो ठाँउमा जान मिल्दैन ?
मिल्छ । तिमीले केही कुराहरु गुमाउन तयार हुनु पर्छ । सक्छौ ? मैले प्रतिप्रश्न गरे ।
के कुरा हो त्यस्तो ? उनले जान्न इच्छुक गरिन् ।
केही समयको लागि श्रीमान्को साथ गुमाउनु पर्ने हुन्छ । उस्तै परे सधैको लागि पनि तयार हुनुपर्छ । सक्छौ ? अफिसबाट आउन १० मिनेट ढिला हुदा त मसंग स्पष्टिकरण सोध्थ्यो ? लामो समय छुट्टिनु पर्दा के गर्छौ ? उनले निर्णय लिन सकिनन्, त्यसैले उनी वोलिनन् ।

 हामी यसै विषयमा कुरा गरिरहेकै थियौं । रेडियोमा साझ ७ वजेको समाचारका मुख्य अंश आइरहेको थियो । राजश्वछलीमा सहयोग पुर्याउने बीरगंज भसारका अधिकृत लगायत अन्य पाच जना कर्मचारी प्रहरी नियन्त्रणमा, कानूनी कारवाही शुरु ।
ती को को परेछन् जान्न उत्सुक भएँ । अफिसका हाकिम सावलाई फोन गरेर सोधे । घटनामा मेरो साथि समेतको सम्लग्नता रहेको रहेछ । हाकिमसावको अध्यक्षतामा म समेत सदस्य रहेको छानविन समिति गठन भएको जानकारी पाएँ । अनुसन्धान तथा कारवाहीको क्रममा ठूलो रकम धरौटी माग गरियो । उनको घर जग्गा लगायत श्रीमतीको गहना समेतको विक्रिले पुगेन ।
केही दिन पछि तिनै साथीको श्रीमती मेरी श्रीमतीसंग सहयोगको लागि पुन आइन् । यस पटक उनी सामान्य पोशाकमा आएकी थिइन् । कान, गला र हातका नाडीहरुमा पहिले झै सुनको प्रदर्शन थिएन । उनको अनुहारमा चमक थिएन । बोलीमा समेत शिथिलता थियो । उनमा आएको यो परिवर्तन देखेर मेरी श्रीमतीज्यूले मलाई त्यस्तो ठाँउमा सरुवा नजान सल्लाह दिन थालिन् । खान लाउन जस्ता आधारभूत आवश्यकता सहेर कतिदिन वस्नु ? राम्रो लगाउने र मीठो खाने तिम्रो चाहना पुर्याउन सकेको छैन । छोरा छोरी पनि हुर्किसके । खर्च बढ्ने दिनहरु आउदै छन् । मैले तिनै साथीको ठाँउमा तत्काल सरुवा जाने चाहना देखाए । उनले विगतमा आफूले गरेकि गल्तीप्रति माफि मागिन् र भविष्यमा पनि नगर्ने वचन दिइन्। “मेरो हजुर, त्यस्तो ठाँउमा सरुवा जाने इच्छा नदेखाइस्योस्“ । उनले मलाई फकाउन थालिन् । म उनको परिवर्तित व्यवहारलाई नियालेर हेरिरहेको थिए । उनको अनुहार अनि आँखामा माया, प्रेम र मोहनीको जादूले भरिएको थियो । थाहै नपाई उनी मेरो आगाँलोमा वाधिन आइसकेकी थिइन् । म उनको मायामा भुलेछुु । मैले उनको त्यो मोहनी रुपी अगाँलोबाट टाढा हुने प्रयास गर्नै सकिन ।

मारोहौ केटाहरुले केटी जिस्कएर

खै के भाको केटाहरु पनि केटी बिना नसक्ने यस्तोले त बरु बिबाहनै गरेर बस्नु नी है .................................

sweet love sms

  • When I was alone I miss u most !

When I stay with others , I knew the value of u !

When U R with me I like to miss this whole world ……..
  • Hide my tears when I say ur name ButThe pain in my heart is still the same AlthoI smile and seem carefree,There ‘s No one who misses u More than me …!!!

sweet love sms

  • a friend is sweet when it is new...it is sweeter when it is true....but you know that.....it is the sweetest when it is u.........
  • Whenever I miss u I won't luk 4 u in my dreams or try to hear ur voice in ur msgs. I just put my right hand across my chest and I feel U
  • If I reach for your hand, will you hold it?If I hold out my arms, will you hug me?If I go for your lips, will you kiss me?If I capture your heart, will you luv me?
  • Baby I have an addiction problem.People say I shud go to rehab butI always tell them that I don't wanna gocause I'm addicted to U!
  • Flowers need sunshine, violets need dew,all angels in heaven know Mast~ need U.Years may fly, tears may dry,but my Love for u'll never die.

म र मेरो सुन्दर गाउ

आहा! कति रमाइलो छ । त्यो मेरो घर पर्तिरको ठुलो सेगेलेमको जङल अनी यता पटटी फापर स्वारा घरमाथीको ठुलो थाम डाडा अनी पर्तिर भोटेको बारी अनी है अलिकती तल्तिर सनो थाम मेरो सधै नै बस्तु चराउने ठाउँ आहा कति रमाइलो छ तेहाका भिर पाखाहरु म कहिल्यै पनि भुल्न सक्दिन । सधैं नै मेरो घास दाउर गर्ने ठाउँ है बिहानै म मेरा साथीहरु सँग घासमा जान्थे है कस्तो रमाइलो पो हुन्थ्यो है आहा !ती मेरा ठुलो भैंसी धेरै दिने अनी एउटा रागा एक हल गोरु है। हामी त ! साह्रै नै रमाइलो गर्दै मेला पात गरेको है अनी बैशाख मा मकै गोदै असारमा मकै बारी भित्र कोदो रोप्दा है कति मजा भएको थ्यो है । कैले चै पानी परेर बिजोक हुँदै काम गरेको पनि यादहरु आउछ जुका सँग लडाईं गर्दै पनि काम गर्नु पर्ने कही चै सारैनै दु:ख लगेर आउथ्यो। जे भएपनी म जन्मेको मेरो मात्री भुमी आहा म कहाँ भुल्न सक्छुर अनी मेरा ती साथीहरु काले, मेघे ,किसोर ,सेरे, रढिका , पवित्र ,कोपिला ,दल्ली ,चमेली हरु अहीले कहाँ कहाँ पुगेका होलान है अनी मेरो आमा बुवा दजुभै अनी दिदिबहिनीहरु आहा कति रमाइलो छ थ्यो ठाउँ । सुन्दै छु मेरा साथीहरुले त कसैले बिहे पनि गरे अरे कोइ चै पढाईको लागी राजधानी काथमान्डोउ तिर छन् अरे तर जे भएपनी गरेर खाएका छन् खुशी नै लागेको छ म पनि त अहीले धरान आएको चार साल भैसकेछ । समय गएको थहानै हुदैन है गाउको परिस्थिति र शहरको परिस्थितिमा धेरैनै अन्तर छ । सहरमा भनेको सबै कुरा पैसा मात्रै हो रैछ तर यस्तो कुरा मैले गाउमा कहिल्य पनि भोगेको थिएन । पहीले त सम्झ्न्थे शहर आहा कति रमाइलो हुन्छ गाडिमा चड्न पाइन्छ मोटर साइकल मा बसेर घुन्न पाइन्छ रे पैसा पनि कमाइछ रे हो तर यो गर्न सकिदैंन किनकी शहर भनेको त ठुलो बडा हरुको लागि मात्र हो । हामी जस्तोको लागि त्यस्तो शहर बनेकै छैन । यहाँ त ठुलो ठुलो भुँडी ठुलो ठुलो हात खुट्टा हुने अग्ला अग्ला गोरा गोरा मन्छे मात्र बस्ने ठाउँ रहेछ । अहीले को यो नयाँ फेसनले गर्दा सबै तेसैमा बेस्त छन् कसैलाई पनि कहीको मत्लब छिन् कस्तो होला है यो संसार । अहीले त सबैतिर कम्प्युटरको जमाना छ रे अनी सबै कम्प्युटर सिक्ने र अङ्ग्रेजी भाषा सिक्ने अनी अङग्रेजी मा नै बोल्ने धेरै नै साईबर क्याफे खोलिएकाछन र धेरै नै होटेल रेस्टुरेन्ट हरु पनि खोलिएका छन् यहाँ अहीले अबत नेपाल मा पनि होइन सबै पढाइको लागि बिदेश मा जाने क्रम दिन दिनै बद्दै गैराखेको छ । अहीले मैले शहरमा धेरै को बिजोक पनि देखेको छु र धेरैको मजा पनि छ त्यो आफ्नै ठाउमा छ । मलाइत मेरै गाउको याद हरु आइरन्छ त्यो राइ गाउ, लिस्पु ,तिन्तेफार, बिजयखर्क , फुर्से अनी ऐसेलुखर्कको बजार है हामी सधैं नै शनिबार बजार जान्थ्योउ आहा है कति रमाइलो हुन्थ्यो । मेरो घर माथिको त्यो ठुलो मुल्बाटो शनिबार को दिन हामी साथीहरु मिलेर केटी लाई जिस्काएको अनी पानी डाडामा संगै पानी खाएको है आहा कस्तो रमाइलो हुन्थ्यो । कोइबेला मा भने साह्रै नै उपद्रो पनि गरिन्थ्यो तर खासै ठुलो चै होइन । सुन्दै छु अहीले त सबैले गाउलाई छोडेर सबै शहर तिर छिर्दैछन रे। अब को केही साल्मा त त्यो ग्गौ पनि रित्तो हुदो है दु:ख लगेर आउछ खै के गर्नु र केही गर्न सकिने होइन आखिरमा तर ...................................

Sunday 25 October 2009

About my office

Yours Travel & Tours

You can get here , 24 hourInternet sewaa E_mail IST STD , Air Tickete and Recharge card account ko Recharge pani garichha hai
sasto maa Bidesh call ra 24 hour subidhako lagi eka maatra Travels and communiation Yours Travel & Tours sadhai tapaiko satha ra sewaa maa sadhai agaadi

Our contac no. 025-5-31677 &025-5-32977
Dharan - 7
Pro. Tirtha Raj
www.yourstravel&tours